बजार बिक्रि प्रतिनिधि संघ गण्डकीको अध्यक्षमा गोविन्द

पोखरा, २९ भदौ/ नेपाल बजार बिक्रि प्रतिनिधि संघ गण्डकी प्रदेशको पहिलो अधिवेशनले गोविन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

२३ सदस्यीय उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकाश आचार्य, द्वत्तिय उपाध्यक्षमा शंकर खनाल, सचिवमा सुरेस सापकोटा , उपसचिवमा अर्थ तर्फ वालुराम तिवारी, प्रचारप्रसार तर्फ सुवर्ण नेपाली, संगठन तर्फ छवि तिमिल्सेना, शिक्षा तर्फ दिनेश गौतम, अतिरिक्त तर्फ महेन्द्र वराल रहेका छन् ।

यसैगरि समितिको सदस्यहरुमा अमृत पौडेल, किरण घिमिरे, रामचन्द्र सिग्देल, रामजी सुवेदी, प्रदिप चालिसे, विमल अधिकारी, हरी सुवेदी, ईन्द्र ढुंगाना, रेशम राज ढुंगाना, अतित माझी, रामचन्द्र वगाले, जयनारायण सापकोटा, अमृत पौडेल, विनिता अधिकारी रहेका छन् ।

यसअधि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका नेपाल वजार विक्रि प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष सुर्य पराजुलीले गलत नियत वोकेर सामाजिक सुरक्षा लागुगर्न हिच्किचाउने उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा लागु गर्न संघले वाध्य पार्ने वताए ।

संघका सस्थापक अध्यक्ष प्रेमप्रसाद गौतमले मजदुरका अधिकार सुनिश्चित गर्नकालागी पनी उद्योगी व्यवसायीले नियुक्तिपत्र दिएरमात्र वजार मजदुरलाई काममा लगाउन आग्रह गरे ।

मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगानाले वहुराष्ट्रिय कंपनीले उत्पादन गरेको सामान वजारसम्म पु¥याउने काम वजार प्रतिनिधिले गर्ने भएकाले वजार प्रतिनिधिका अधिकार सुनिश्चित गर्ने तर्फ उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

गोपाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सस्थापक उपाध्यक्ष वसन्तराज सिग्देल, पुर्व उपाध्यक्षहरु छवीराज शर्मा, रामचन्द्र वाग्ले, राजन कार्की, केन्द्ीय प्रचार प्रसार सचिव श्रीराम सिग्देल, पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना, हार्डवयर एसोसिएसनका महासचिव अर्जुन थापा, कस्मेटिक एसोसिएसनका उमापती ढकाल, खुद्रा किराना व्यवसायी चुँडामणी अधिकारी,लगाएतले शुभकामना व्यक्त गरे । कार्यक्रममा वद्री घिमिरेले स्वागत गरेका थिए भने माधव अधिकारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...