संविधान दिवसको असवरमा रेवानका सदस्यलाई कर शिक्षा

पोखरा, ४ असोज / संविधान दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय पोखरा र रेवान पोखराको सयुक्त आयोजनामा रेवान पोखराका सदस्यलाई कर शिक्षा प्रशिक्षण दिएको छ ।

आन्तरिक राजस्व कार्यलय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले कर शिक्षाका बारे जानकारी दिएका थिए ।

कार्यक्रममा रेवान सँग आवद्ध ६० जना सदस्यहरुले कर शिक्षा लिएका थिए । कार्यक्रममा कर अधिकृत उद्धव राज न्यौपानेले आर्थिक ऐन, करका किसिम, मुल्य अभिवृद्धी कर र यसमा भएका संयोधनहरु, अन्तशुल्क आयकर जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कर अधिकृत उप्रेतिले सहभागीहरुले उठाएका जिज्ञासाहरुको संम्बोधन गरेका थिए । कार्यक्रमको सभापति रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले गरेका थिए भने सञ्चालन सचिव विकास भट्टराई र स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...