आलु महोत्सवमा कृषकसँग अन्तरक्रिया

पोखरा २४ चैत/सातौ हेमजा आलु महोत्सवमा कृषकहरु सग अन्तरक्रिया गरिएको छ। महोत्सव मुल आयोजक समितिको आयोजना तथा जिल्ला कृषि विकास कार्यत्रलय कास्कीको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा किसानहरुले गुणस्तर विउ नपाउदा आल उत्पाद घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
आलुको विउको गुणस्तर घट्दा आलु उत्पादन घट्दै गएको छ भने अर्को तर्फ यस वर्ष आलुको विउ कुहिदा किसानहरु मारमा परे सहभागि किसानहरुले भने–यस तर्फ नेपाल सरकारको ध्यान जाओस् । कृषि मन्त्रालयका सल्लाहकार हरि रोक्काले किसानहरुका समस्यावारे आफू परिचित भएको बताउदै किसानका समस्या समाधान गर्न पहल गर्ने उल्लेख गरे ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइराला, नमुना कृषि सेवा केन्द्र हेमजाका प्राविधक सहायक गुरुप्रसाद आर्याल, महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्की, देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिग्राम बाँस्तोला, कृषक चित्रनाथ पौडेल, भगवती वजगाईलागाएतले बोलेका थिए।
महोत्वसवको दोस्रो दिन सम्म भित्र वाहिर गरि ३० लाखा आलुको कारोवार २५ हजार दर्शकले मेला अवलोकन गरेको प्रचार प्रसार उपसमति संयोजक परशुराम अधिकारीले जानकारी दिए ।

बुधबार महोत्सवमा लोक दोहोरी गायक राजु परियार, कृष्ण देवकोटा, कृष्ण गुरुङ, निशा पोख्रेल, नेत्रपाणी वास्तोला, राजन कार्की र विजय केसीको प्रस्तुती रहेको थियो । विहिबार महोत्सवका कोमल ओली, प्रजापती पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, पूर्ण परियार, केशव देवकोटा, सिता केसी, ज्योति लोहोनी, दिलु लामा र हास्य तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहने साँस्कृतिक उपसमिति संयोजक विजय केसीले जानकारी दिए ।

महोत्सवमा विहिबार देखि महिलाहरुको कृषि गित प्रतियोगित हुने आयोजकले जनाएको छ। सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ।

कमेन्टहरु
Loading...