आठौ हेमजा आलु महोत्सव सुरु

पोखरा, २३ फाल्गुन /आठौ संस्करणको हेमजा आलु महोत्सव–२०७३ आज देखि शुरु भएको छ । “सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक” भन्ने नाराका साथ सञ्चालीत महोत्सव चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा जारी रहनेछ । महोत्सवको उद्धघाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले कास्कीमा कृषीका प्रचुर संभावना रहेको उल्लेख गर्दै उद्यमशिलता वृद्धि र आत्मनिर्भरतामा जोड दिए ।

कृषी पर्यटनको विकासका लागी उत्पादनलाई गुणस्तरीय बनाउन मैनालीले आग्रह गरे । जिल्ला कृषी विकास कार्यालय कास्कीका कृषी विकास अधिकृत लोकेन्द्र बोहोराले हेमजामा अहिले करिब ४ सय ५० हेक्टर भन्दा धेरै क्षेत्रमा आलु खेति गरिएको उल्लेख गर्दै कृषीमा आधुनिकिकरणको आवाश्यकता औल्याए ।यस्तै युवासंघ नेपालका अध्यक्ष राजिव पहारीले कृषी योग्य भुमिको संरक्षण गर्नु पर्ने बताए । कृषकहरुलाई विना धितो र सहुलियत व्याजमा ऋण उपलब्ध गराउनु पर्नेमा पहारीले जोड दिए ।

महोत्सववमा आलुको मुल्य प्रति केजी ३२ रुपैया राखिएको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार महोत्सव भित्र र वाहिर गरि करिव दुई करोडको आलुको कारोवार हुने अपेक्षा गरिएको छ ।महोत्सव उद्घाटन अघि हेमजा मिलनचोकदेखि झाँकी सहितको ¥याली निकालिएको मुल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए ।

महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधीत गरिएको छ भने शान्ति सुरक्षालाई मध्येनजर गरेर ड्रोन क्यामारा जडान गरिएको विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ । महोत्सवमा होली विशेष कार्यक्रम समेत राखिएको छ । महोत्सवमा रत्यौली गीत प्रतियोगिता, कृषि कविता प्रतियोगिता राखिएको छ ।

महोत्सवमा ६० वटा व्यवसायिक स्टल, १२ वटा आलुका परिकार स्टल १५ वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्रको व्यवस्था मिलाईएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्त बहादुर थापाले जानकारी दिए । महोत्सवको वेलुका चर्चित व्याण्डहरुको लाईभ कन्सर्ट पनि राखिएको छ ।

 

कमेन्टहरु
Loading...