आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक

पोखरा, २४ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ। पोखरा हुने महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दशर्कहरु फरक मनोरञ्जन लिनका लागि पनि आलु महोत्सवमा सहभागिता बढाएका छन्।

महोत्सवमा विभिन्न थरीका आलुका परिकारले पनि दशर्कको मन तानेको छ। महोत्सव पस्यो कि आलु। रेष्टुरेण्ट्र छि¥यो आलुकै परिकार। स्टेज तिर हे¥यो आलुकै माला। महोत्सवमा सहभागि कलाकार पनि आलुकै गुनगान। यसैले गर्दा पनि महोत्सव दर्शकको रोजाई बनेको छ।

‘अरु मेला महोत्सव भन्दा पनि यहाँको महोत्सव भिन्न प्रकारको भएकोले पनि दर्शकहरुको चाप दिन प्रतिदिन बढेको छ’–विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यहाँहरुको साथ सहयोगले नै महोत्सव सफल भएको छ।’

महोत्सवको तेस्रो दिन सम्म महोत्सव भित्र वाहिर गरी २५ लाखको आलुको कारोवार र २५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। शुक्रबार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बैकुण्ठ महत, सरला पाण्डे, शिवहरि ढुंगाना, माया गुरुङ र टेक क्षेत्रीको प्रस्तुति रहेको थियो। त्यसैगरी हास्य तर्फ शिवहरि वैरागी (सभासद्) र देविराम पराजुली (भोक लाग्यो) ले दर्शकलाई पेट मिची मिची हसाएका थिए।

आइतबार खुमन अधिकारी, कुमार पुन, सरला पाण्डे, ज्योति लाहोनी, शिवहरी ढुंगाना, सविना गुरुङ, परशुराम अधिकारी, अम्मर धितालको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। यसैगरी हास्य तर्फ पोखरेली माग्ने बुढा र धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुति रहने छ। त्यस्तै साझ कन्सर्ट तर्फ विनोद वाँनिया, रिनाद व्याण्ड, ववि सुनारको प्रस्तुति रहने छ।

महोत्सवमा शनिवार देखि रत्यौली प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता शुरु भएको छ। महोत्सव चैत ३० गते सम्म चल्ने छ। महोत्सवमा प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका कृषि शाखा प्रमुख मनोहरी कडरियाले आलु महोत्सवलाई दीर्घकालिन रुपमा लैजानका लागि आलु उत्पादनमा बृद्धि गर्नु पर्ने बताए। उनले पटक पटक कोल्ड स्टोरको कुरा उठाएपनि कोल्ड स्टोर स्थापना गर्न नसकिएको बताउदै अव कुरामा मात्रै होइन व्यववहारमा लागू गर्न आग्रह गरे।

कमेन्टहरु
Loading...