आगलागि पिडित कृषक बास्तोलालाई सहयोग

पोखरा, १४ फागुन/पोखरा–१६ दीपका भैसींपालक कृषक गंगाधर बास्तोलालाई वडा कार्यालय पोखरा १६ र मदन भण्डारी फाउण्डेशन कास्कीले आर्थिक सहयोग गरेको छ । विगत १५ वर्षदेखि भैसींपालन मार्फत दुग्ध व्यवसाय गर्दै आईरहेका कृषक वास्तोलाको गत मंसिर १९ गते परालको टौवामा आगलागी हुदाँ ८ सय भारी पराल नष्ट भएको थियो ।

उक्त घटना पछि पिडित बनेका वास्तोलालाई उनकै भैसीं फार्ममा पुगी पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य र मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव वास्तोलाले २९ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभयो । वडा कार्यालयले १० हजार र फाउण्डेशनले १९ हजार सहयोग गरेको हो ।

रकम हस्तान्तरण पछि आयोजित कार्यक्रममा वडाध्यक्ष आचार्यले पिडा र विपत्तीको सामना गरेरै भएपनि व्यबसायलाई निरन्तरता दिन आग्रह गर्नुभयो । फाउण्डेशन कास्कीका अध्यक्ष वास्तोलाले पिडित कृषकलाई राज्य पक्षबाट पनि सहयोग दिलाउन आफुहरु लागिपर्ने बताउनुभयो ।

दैनिक ३०देखि ४० लिटर दुध बेचेर आफ्नो जिर्विकोपार्जन गरेका कृषक वास्तोलाले सरकारी तवरबाट कुनै सहयोग नपाएको गुनासो गर्नुभयो । आगलागीबाट टौवा जल्दा करिव ६ लाख रुपैया बराबरको परालमा क्षति पुगेको थियो ।

कमेन्टहरु
Loading...