छैठौ पोखरा महोत्सवबाट ३७ लाख ५६ हजार वचत 

पोखरा ०७ वैशाख /शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै आएको युनाइटेड क्वल पोखरा छेठौ वर्षमा प्रवेश गरेको । क्लवले आफ्नो छैठौ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको क्लको छैठौ वार्षिकोत्सवको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेद प्रसाद जोशीले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउदै आएको क्लवको उत्तर उत्तर प्रगतीको कामना गरे ।
कुनैपनि क्लवले सामाजिक हितको लागी काम गर्न जरुरी रहेको वताउदै जोशीले अमरसिंह क्षेत्रमा वसोवास गर्ने युवाहरुद्धारा स्थापना भएको क्लवले छोटो समयमा आफ्नो उचाइलाई माथी पु¥याउन सफल भएको र आगामी दिनमा पनि आफ्ना क्रियाकलापलाई तदारुकताका साथ अगाडी वढाउन आग्रह गरे ।
त्यस्तै  टोल बिकास संस्था वडा समन्वय समिती वडा नम्बर १० का अध्यक्ष तथा क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठले युनाइटेड क्लवले आफ्नो लक्ष्य अनुसारको कामलाई निरन्तरता दिन सफल भएको वताए । महोत्सवकै माध्यामबाट सामाजिक क्षेत्रमा अगाडी वढेको कमै क्लवहरुमध्ये युनाइटेड क्लव पनि रहेको उनको भनाइ रहेको थियो । क्लवका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनेकपा माओवादी वडा नम्बर १० का सम्योजक राम बहादुर थापा, नगर महिला समन्वय समिती पोखराका अध्यक्ष्ँ पवित्रा गुरुङ, पोखरा नगर समन्वय समितीका अध्यक्ष्ँ उत्तम जोशी लगायतले वोलेका थिए ।
यसैविच युनाइटेड क्लवले आयोजना गरेको छैठौ पोखरा महोत्सवबाट ३७ लाख ५६ हजार ९ सय ३२ रुपैया वचत भएको छ । गत पुस ३० देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको छैठौ संस्करणको पोखरा महोत्सवबाट ३७ लाख ५६ हजार ९ सय ३२ रुपैया नाफा भएको  महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक तथा क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले वताए ।
श्रेष्ठका अनुसार महोत्सवको कुल आम्दानी ९८ लाख ४१ हजार ३ सय ४२ र महोत्सवमा ६० लाख ८४ हजार ४ सय ९ रुपैया खर्च भएको छ । वचत रहेको रकमबाट युनाइटेड क्लवले अगाडी वढाएको शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा चिडियाखाना निर्माणका लागी जनही २० प्रतिशतका दरले छुट्याइने श्रेष्ठले वताए ।
कमेन्टहरु
Loading...