पोखरामा फागुन १० र ११ गते चौथो मेगा शैक्षिक मेला हुने

पोखरा, ३ फागुन /पोखरामा आगामी शुक्रबार र शनिबार मेगा शैक्षिक मेला हुने भएको छ । वान अप प्रालिको आयोजनमा फागुन १० र ११ गते मेला हुन लागेको हो । पोखरामा मेगा एजुकेशन फेयरको चौथो संस्करण हो ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचनाप्रवाह गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको वान अप प्रालिका प्रबन्धक भोला पोखरेलले जानकारी दिए । पोखरा न्यूरोड स्थित सिटी स्क्वायर परिसरमा मेला आयोजना हुने उनले जानकारी दिए ।

उनले मेलामा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि १५ वटा भन्दा बढी संस्थाहरु सहभागी हुने जानकारी दिए । मेलामा नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणी करण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छ ।

मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने उनको भनाई छ । आईडिपि एजुकेशन नेपाल प्रस्तुत कर्ता रहेको यस फेयरमा विद्यार्थीले अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनका साथै आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने आइडिपि आइलटिएस मास्टर क्लासमा सहभागी हुने अवसर रहेको बताए ।

फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने प्रथम ५ सस आगन्तुकले आकर्षक उपहार र क्युएफएक्स सीनेमाकोे टीकेट प्राप्त गर्नेछन् । फेयरलाई टाइटल स्पोन्सरमा एजुकेशन पार्क र इन एशोसिएशन विथमा ग्रेस इन्टरनेशनल रहेका छन् ।

फेयरको मेन स्पोन्सरमा युनिक्याम्पस, पावर्ड बाइमा प्याकएसिया, सपोर्टेड बाइमा राईट पाथ करियर काउन्सिलिङ, प्लाटिनम स्पोन्सर्समा एक्सेस एजुकेशन र इनसर्च इन्टरनेशनल, डाईमण्ड स्पोन्सर्समा ग्लोबल रिच र ईन्सपायर ग्लोबल एजुकेशन, गोल्ड स्पोन्सरमा द नेक्स्ट एजुकेशन, सिल्भर स्पोन्सरमा मिराकल इन्स्टिच्युट, ब्रन्ज स्पोन्सरमा नेप्कम्स सर्भिसेस र स्पोन्सरमा कास्की एजुकेशन रहेका छन् ।

कमेन्टहरु
Loading...