सेकेण्ड ह्याण्ड मोटरसाईकल किन बेचका लागि भटभटे एप

काठमाडौं, १० जेठ /के तपाई सेकेण्ड ह्याण्ड मोटरसाईकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईले भटभटे एप प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ ।

ए एम नेपाल प्रालिले भटभटे एप प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाईकल किनबेच सहज बनेको हो । यसमा मोटरसाईकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाईकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाईन सम्पर्क गरेर खरिद गर्न सक्नेछ ।

“भटभटे (bhatbhate) एप” प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाईकल बेच्न किन्न सकिन्छ, रिकण्डीसन हाउससम्म धाउन पर्दैन,” एएम नेपाल प्रालिका महाप्रवन्धक खेमराज देवकोटाले बताए । यो बाइक किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रवन्धक देवकोटाले प्रष्ट पारे । उपत्यकामा मात्रै झण्डै नौ लाख २१ हजार ९ सय १७ मोटरसाईकलको संख्या रहेको छ ।

स्र्माट एन्ड्रोइड फोन हुनेले गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर भटभटे एप जोकोहीले निशुल्क डाउनलोड गरी इन्स्टल गर्न सक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताए । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले बाईक पोष्ट गर्न प्रति बाइक ५ सय शुल्क तिर्नुपर्दछ ।

“सहज, कम मूल्य र सजिलो सवारी साधनको रुपमा रहेको मोटरसाईकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ,” व्यवस्थापक पाण्डेको भनाई थियो ।

जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस र यसलाई व्यस्थित गर्न शुल्क तोकिएको बताइएको छ । शुल्क इ सेवा अथवा एपमा रहेको पेमेण्ट गेटवेको माध्यमबाट तिर्न सकिने छ ।

काठमाण्डौलाई लक्षित गरीएपनि जहीकहीबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रवन्धक देवकोटाले बताए ।

बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो युजर रजिस्टे«सन गरेपछि भेरीफीकेसन कोड मोवाइलमा आउने र कोड एक्टिभ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफै पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रवन्धक राजेन्द्र भटराईले बताए । त्यसमा मोटरसाईकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किमी राख्नुपर्दछ ।

 

कमेन्टहरु
Loading...