२० औं पोखरा सडक महोत्सवको संयोजकमा भुजेल, विभिन्न उपसमिति गठन

पोखरा, १९ कात्तिक / पोखरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन तथा पर्यटन गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यका आयोजना हुदै आएको पोखरा सडक महोत्सवका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

रेवान पोखराको बैठकले अंगे्रजी नयाँ वर्षको अवसरमा विगत १९ वर्ष देखी पोखराको लेकसाइड क्षेत्रमा आयोजना गरिने पोखरा सडक महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको हो । महोत्सव पौष १३ गते देखी १७ गते सम्म पाँच दिन सञ्चालन हुनेछ ।

रेवान पोखराका अध्यक्ष वुधराज भुजेल (भिमसेन) को संयोजकत्वमा २६ वटा उपसमिति संयोजक चयन गरेको हो । समितिको सहसंयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई चयन भएका छन् ।

कार्यालय प्रशासन, मिडिया तथा प्रचार प्रसारमा उपसमितिमा गणेश थापा र विकास भट्टराई, आर्थिक, टिकट व्यवस्थापनमा उपसमितिमा लोक गुरुङ्ग, रोशन जंग कार्की, पास र कुपन व्यवस्थापनमा वलराम पहारी, योगेश भट्टराई, खाना तथा खाजा व्यवस्थापनमा उपसमिति दिल श्रेष्ठ चयन भएका छन् ।

त्यसै गरी जन सम्पर्क उपसमितिमा पुर्व अध्यक्ष गोपी वहादुर भट्टराई, महोत्सव अनुगमन तथा व्यवस्थापन समितिमा रेवान पोखरा पुर्व अध्यक्ष तथा सल्लाहकारहरु, पोखरा वडा नम्बर ६ का अध्यक्ष र अन्य व्यक्तिलाई राख्ने निर्णय गरेको छ ।

त्यसै गरी महोत्सव सुरक्षा उपसमितिमा राजेन्द्र ढकाल, नरेश भट्टराई, सुर्य वहादुर भुजेल, सांस्कृतिक उपसमितिमा भरत राज शर्मा, झाँकी व्यवस्थापन चौ वहादुर गुरुङ्ग, खेलकुद उपसमितिमा विकास भट्टराई, बाटो सजावट उपसमितिमा वलराम पहारी, ज्याक तामाङ्ग, दोर्जे लामा, स्टल व्यवस्थापन तथा

चिल्ड्रेन पार्क लक्ष्मण वराल, विष्णु वानियाँ, श्रीराम गिरी, गेट सजावट लोक वहादुर गुरुङ्ग, दोहोरी गित उपसमितिमा भरत राज शर्मा, सालिकराम पौडेल, दल वहादुर केसी, प्रमोशन टुर उपसमितिमा सुर्य वहादुर भुजेल, होटल व्यवस्थापन तथा अतिथि सत्कार राजेन्द्र ढकाल, यातायात व्यवस्थापन तथा पार्किङ व्यवस्थापन दिल गौतम, कृष्ण श्रेष्ठ, शंकर पोखरेल, रामु गौतम, चन्द्र पौडेल चयन भएका छन् ।

स्वयं सेवक ब्यवस्थापन धनन्जय सिंह, फोहर मैला व्यवस्थापन तथा सरसफाई उपसमिति भिमसेन भुजेल, आपतकालिन स्वास्थ्य सेवा उपसमिति विश्व राज पौडेल, नविन चालिसे, भिष्मराज पौडेल, बिष्णु अर्याल (सेवा हस्पिटल पोखरा), डा. मान गुरुङ्ग, छपाई, टोकन अफ लभ, डिजाईनिङ्ग उपसमिति

वसन्त गौतम, निरञ्जन ढकाल, इभेन्ट म्यानेजमेन्ट वैभव पौडेल, रोशन जंग कार्की, सञ्जु सुनार, व्यानर उपसमिति संयोजक लोक बहादुर गुरुङ्ग, बिकाश गुरुङ्ग ईलेक्टोनिक मिडिया उपसमिति गणेश थापा, विकाश भट्टराई, एरिया संयोजकहरु शहिद चाोक देखी गौरीघाट सम्म दल वहादुर केसी, गौरी घाट देखी वाराही चोक सम्म कमल भुजेल, वाराहीचोक देखी हल्लनचोक सम्म अजय श्रेष्ठ, हल्लनचोक देखी गैराको चौतारा सम्म दिल श्रेष्ठ चयन भएका छन् ।

कमेन्टहरु
Loading...