दोस्रो घाचोक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १५ मंसिर/कास्कीको घाचोकमा मंसिर तेस्रो साता दोश्रो घाचोक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय परिवर्तनका लागि युवा सञ्जाल यूनेक नेपालको अगुवाईमा मंसिर १७ गतेदेखि २१ गतेसम्म सम्म महोत्सव हुनेछ ।

स्थानीय उत्पादनको प्रवद्र्धन र घाचोकको विकासका लागि यसपटक पनि महोत्सव गर्न लागिएको अध्यक्ष मौसम कार्कीले जानकारी दिए । महोत्सवमा बाल उद्यान, स्थानीय कृषि तथा हस्तकलाका सामानको प्रदर्शनी र बिक्री, दूधबाट बनेका परिकारका स्टलका साथमा विविध साँस्कृतिक कार्यक्रम गरिने अध्यक्ष कार्कीले बताए ।

घाचोक जाऔँ, दुध र वदामका परिकारमा रमाऔँ भन्ने नाराका साथ सञ्चानल हुने महोत्सवको वाणिज्य तथा आपुर्ति मन्त्री माननिय रोमी गौचन थकालीले उद्घाटन गर्ने छन् । महोत्सवमा विभिन्न वस्तु तथा सेवाहरुको २५ वटा स्टलहरु रहने छन् भने महोत्सवको २० हजार भन्दा वढि दशर्कले अवलोकन गर्ने राखेको मुल आयोजक समितिका संयोजक विष्णु बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

घाचोक महोत्सवको यसपटकको मुख्य आकर्षण भनेको प्रथम युनेक डान्सिङ आईडल २०७३ रहने छ । कास्की जिल्लाका विभिन्न स्थानहरुमा भएको अडिसन र पोखरा उद्योग वाणिज्य संघको हलमा गत शनिवार भएको सेमिफाईनलवाट १२ प्रतियोगिहरु फाईनलमा प्रवेश गरेका र ग्राण्ड फिनाले घाचोक महोत्सवमा हुने प्रचार प्रसार संयोजक राजन लम्सालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय तथा तितृय हुनेले नगद क्रमश ः ५० हजार, ३० हजार तथा २० हजार र अन्य पुरस्कार प्राप्त गर्ने उनले बताए ।

उपाधि विजेताले आगामि संस्करण सम्मको लागि संस्थाको सद्भावना दुत र नेपाल परिवार नियोजन, स्मार्ट बन्छ परियोजनाको तर्फवाट स्मार्ट दुतको उपाधि समेत प्राप्त गर्नेछन् । घाचोक विशेष गरि आन्तरिक तथा वाह्य पर्यटकको लागि एउटा उत्कृष्ट गन्तव्य स्थल भउको विजय लम्साले बताए । उनले महोत्सवले पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने बताए ।

घाचोकवाट ४५ मिनेटको दुरीमा ऐतीहासिक तथा साँस्कृतिक महत्व वोकेको तातोपानी कुण्ड रहेको छ । त्यसैगरि घाचोकमा स्वदेशी तथा विदेशी पाहुनाहरुको लागि स्तरिय होटल लज तथा ३० भन्दा वढि होमस्टे समेत सञ्चालनमा छन् । उद्घाटन सत्रमा सहभागि हुन जाने हरेक व्यक्तिलाई हरिचोक देखी घाचोकसम्मको लागि निशुल्क यातायातको व्यवस्था समेत गरेको उनले जानकारी दिए ।

पोखरावाट झण्डै १५ किमीको दुरीमा रहेको घाचोक गाउँमा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन यस वरपरका क्षेत्रमा रहेका विभिन्न प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको प्रवद्र्धन गर्ने तथा यस क्षेत्रलाई एक महत्वपुर्ण पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने घाचोक महोत्सव गरेको उनको भनाई थियो । महोत्सव तथा प्रथम युनेक डान्सिङ आइडल सम्पन्न गर्नको लागि करिव १४ लाख ४० खर्च लाग्ने अनुमान छ ।

घाचोक महोत्सव २०७३ का मुख्य आकर्षणहरु ः
१. प्रथम यूनेक डान्सिङ्ग आइडल २०७३ (ग्राण्ड फिनाले)
२. अन्तर गा.वि.स. स्तरीय रत्यौली गित प्रतियोगिता
३. दुना टपरी गाँस्ने प्रतियोगिता
४. पर्यटक दौड प्रतियोगिता (मिनी म्याराथन)
५. विविध साँस्कृतिक÷सांगितिक कार्यक्रमहरु
६. चर्चित हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति
७. मौलिक झाँकी प्रदर्शन तथा प्रतियोगिता
८. बाल उद्यान
९. कृषि तथा हस्तकला उत्पादनहरु÷सामाग्रीहरु प्रदर्शनी तथा प्रतियोगिता
१०. दुध र बदामबाट बनेका अनेकौँ परिकारहरु
११. यूनेक नेपाल सामाजिक सेवा पुरस्कार २०७३

कमेन्टहरु
Loading...