दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला

पोखरा, ६ मंसिर / युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।

पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको आयोजक युनाईटेड क्लवका कोषाध्यक्ष तथा पोखरा महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमितिका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छ । दशौ संस्करणको पोखरा महोत्सवमा पर्यटन प्रवद्र्धन र नया उद्योगको प्रवद्र्धन गर्ने ब्यवशायीहरुलाई निशुल्क स्टलको ब्यवस्था गरिने वताउदै तिमिल्सिनाले महोत्सवमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछनभने हस्तकला, कृषी, अटो, पुष्प, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने वताए ।

स्टल बुकिङका लागी युनाईटेड क्लवको कार्यालय अमरसिंह चोकमा सम्पर्क गर्न सकिने क्लवले जनाएको छ ।

स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...