हेमजामा आलु महोत्सवमा दर्शक बढ्दै

पोखरा, २३ चैत/ नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ दशर्कहरुको सहभागि बढ्दै गएको छ। महोत्सवमा आलुका परिकारसँगै आलु किन्नका लागि पनि दर्शकहरुको वढ्दै गएको विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए।

महोत्सवमा कास्की जिल्ला सँगै छिमेकी जिल्लाबाट पनि सहभागिता जनाएको कार्कीले जानकारी दिए। महोत्सवको दोस्रो दिन सम्म महोत्सव भित्र वाहिर गरी १५ लाको आलुको कारोवार र १५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

‘महोत्सवकै शुरुवातमा दशर्कहरुको यो सहभागिताले हामीलाई उत्साहित बनाएको छ’–श्रेष्ठले भने–‘महोत्सवको अन्तिम दिन सम्म सहभागि जनाएर महोत्सव सफल बनाइदिनु हुन आयोजक अपिल गर्दछ।’

महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। शुक्रबार नै चर्चित लोक दोहारी गायक पशुपति शर्माले दर्शकलाई मनोरञ्जन दिलाएका थिए। त्यसैगरी तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, लक्ष्मी नेपाली र तुलसा जिसीको पनि प्रस्तुति रहेको थियो। साँझ वेलुका डिमोर्चा व्याण्ड र ओम गुरुङको पप कन्सर्ट रहेको थियो।

शनिवार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, तारापति सुवेदी, जीवन दाहाल, बैकुण्ठ महत, सरला पाण्डे, शिवहरि ढुंगाना, माया गुरुङको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। उनका अनुसार शनिवार हास्य तर्फ शिवहरि वैरागी (सभासद्) र देविराम पराजुली (भोक लाग्यो) को प्रस्तुति समेत रहने छ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा भएको महोत्सव चैत ३० गते सम्म विष्णु पादुका खेल मैदानमा भएको छ।महोत्सवमा आलुको मुल्य प्रति केजी ३३ रुपैया तोकिएको छ।

महोत्सवमा टिकट काटी प्रवेश गर्ने दर्शकलाई प्रत्यक दिन एक जनालाई गोला प्रथाद्धारा २५ केजी आलु प्रदान गरिने छ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन इकाईका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले महोत्सवमा इकाई पनि आयोजक हुन पाएको खुशी व्यक्त गरे। ऋागामि वर्षमा पनि सहकार्य गरेर महोत्सवलाई सहयोग गर्दै जाने प्रतिवद्धता जनाए। प्रथम हेमजा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।

कमेन्टहरु
Loading...