समता शिक्षा निकेतनलाई सिद्धार्थ बैंकको २ थान स्मार्ट लिड टि.भि.सहयोग

पोखरा, ११ मंसिर / सिद्धार्थ बैंक पस्याङ् शाखाले समता शिक्षा निकेतनलाई २ वटा ४३” को स्मार्ट लिड टि.भि.सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समता शिक्षा निकेतनलाई ४३” को स्मार्ट लिड टि.भि. सहयोग गरेको हो ।

विद्यालयका प्रधानाध्यापक झलक प्रसाद शर्मालाई बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठ र पस्याङ् शाखा प्रबन्धक अनिरुद्र बरालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

आगामी दिनमापनि यस समता शिक्षा निकेतन विधालयसँग सहकार्य गरी शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता बैंकका शाखा प्रबन्धक अनिरुद्र बरालले बताए । देशभर १७३ शाखा रहेको बैंकले आधुनिक सेवाद्वारा ग्राहकलाई सेवा दिईरहेको छ ।

कमेन्टहरु
Loading...