यति एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो

बुटबल, ४ चैत /यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ। काठमाडौबाट गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिको थियो ।

काठमाडौंबाट भैरहवा पुगेको यतिको 9N- ajc कलसानको जहाज धावनमार्गमा रोकिएपछि क्रेन लगाएर धावनमार्गबाट बाहिर लगिएको प्रहरीले जानकारी दिएको छ । विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु
Loading...