पोखरामा माछा मार्न गएकी युवती खोलामा डुवेर मृत्यु

पोखरा, २६ जेठ /पोखरा १७ मा एक महिला खोलामा मृत भेटिएकी छिन् ।

पोखरा १७ डेविजफल नजिकै काउसेघारी स्थित फुस्रेखोलामा माछा मार्न गएकी घारिपाटनकी २४ बर्षिया युनिशा गुरुङ मृत फेला परेकी हुन् ।

माछा मार्ने क्रममा खोलामा डुवेकी उनको शव आइतबार बिहान भेटिएको हो । युनिशा शनिबार माछा मार्न गएकी परिवारले जनाएको छ ।

घटनाबारे थप प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनको केही महिना अघि मात्रै विवाह भएको थियो ।

कमेन्टहरु
Loading...