नदी किनारमा महिला र बालकको शव फेला

तनहुँ, २५ साउन / तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदी किनारमा एक महिला र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २५ वर्षीया महिला र सात वर्षको बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...