पोखरामा विद्यार्थी लिन हिड्को स्कुल बस पल्टियो

पोखरा, २७ जेठ/पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस सोमबार बिहान दुर्घटना भएको छ ।

बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो ।
बस चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घुम्ती बाटोका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...