पोखरामा अमेरिकन पर्यटक मृत फेला

पोखरा, ४ चैत / पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् ।

होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क (MARK SCHONEFELD)  (PP no.595624712) मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कोठामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनको शवलाई पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको छ भने नेपालस्थीत अमेरिकन दुताबासलाई जानकारी दिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...