सवारी दुर्घटनामा अमेरिकामा तीन नेपालीको मृत्यु

मिजुरी, अमेरिका, १९ भदौ / अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी मंगलबार तीन नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन् । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ता जनक छ ।

मिजुरी २ सय ४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ ।

कमेन्टहरु
Loading...