दुर्घटनाग्रस्त विमानमा एउटै कलेजका १७ नेपाली विद्यार्थी र १६ पर्यटन व्यवसायी सवार

काठमाडौँ, २८ फागुन /युएस बंगला एयरलाइन्सको विमानबाट नेपाल आउदै गरेका बंगलादेशस्थित एक मेडिकल कलेजमा अध्ययनरत १७ नेपाली विद्यार्थी र सोही एयरलाइन्सको कार्यक्रममा गएर फर्किएका पर्यटन व्यवसायी सवार रहेको खुलेको छ।

सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १७ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेको कलेजले जनाएको छ ।

त्यसै गरि युएस बंगला एयरलाइन्सले काठमाडौमा ट्राभल्स सञ्चालन गरी रहेका १६ जना पर्यटन व्यवसायीलाई एइरलाइन्स कै कार्यक्रम लगेर ल्याउदै गरेको पोखराका पर्यटन व्यवासायी पोमनारायण श्रेष्ठले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएसबंगला एयरलाइन्सको विमानमा सोमबार २ बजेर २० मिनेट जादाँ दुर्घटना हुन पगेको छ । जसमा परि ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका थिए ।

कमेन्टहरु
Loading...