दुर्घटना भएको जहाजबाट २० को मृत्यु, १७ को जनाको उद्धार, अरुको अवस्था अज्ञात

पोखरा, २८ फागुन/त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको युएस बंगल एयरको विमान दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको छ भने १७ जनाको उद्दार गरिएको छ । घाइतेलाई नर्भिक अस्पताल र अन्य अस्पतालहरुमा लगिएको छ ।

बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।बंगलादेशबाट काठमाडौं आएको विमान त्रिभुवन विमानस्थलमा धावन मार्ग भन्दा बाहिर जादाँ दुर्घटना भएको प्रहरीको भनाई छ । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ ।

आगोनियन्त्रणको प्रयास भएको छ । आगालागि भएको जहाजको नजिकै रहेको बुद्ध एयर र यति एयर जहाजलाई त्यहाबाट अन्यत्र सारिएको छ । थप जानकारी आउन बाकी छ ।

दुर्घटना भएको जहाजबाट २० को मृत्यु, १७ को जनाको उद्धार, अरुको अवस्था अज्ञात
दुर्घटना भएको जहाजबाट २० को मृत्यु, १७ को जनाको उद्धार, अरुको अवस्था अज्ञात तस्बिरः फेसबुकबाट
कमेन्टहरु
Loading...