प्रहरीका पूर्व प्रमुख अर्यालविरुद्ध अख्तियारको छानबिन

काठमाडौं,  १९कात्तिक/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्याल विरुद्ध परेको अकूत सम्पत्ति आर्जनको मुद्दामा छानबिन थालेको छ ।गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याल माथि अकूत सम्पत्ति आर्जन गरेको उजुरीलाई आधार मान्दै अख्तियारले बयानका लागि बोलाएको हो ।

अर्यालसँग अख्तियारले १३ पन्ने सम्पत्ति विवरण पनि भराएको छ ।यसैगरी, अख्तियारले सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ ।अकूत सम्पत्ति आर्जनको आशंकामा अख्तियारले डेढ सय भन्दा बढीमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्य सचिव राजेन्द्र किशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्य सचिव  राजेन्द्र किशोर क्षेत्रीसँगै सचिव अर्जुन कुमार कार्की र पूर्वसचिव विश्व प्रकाश पण्डितसँग पनि बयान लिइएको छ ।अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो ।चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सफर्मर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले २०७० भदौ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कमेन्टहरु
Loading...