छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मोरङ, १० माघ /दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ आज एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मोरङ कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेको छ । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो ।

यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा–१ की ७५ वर्षीया बेदमाया भुजेल आज बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । भुजेलको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...