बेगनासमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते !

कृष्ण आचार्य ,पोखरा २६ चैत्र /पोखरा महानगरपालिका ३१ बेगनासमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भ​एका छन्। तनहुँको कोत्रेबाट बालुवा बोकेर पोखरा महानगरपालिका ३१ बेगनासको अर्चलथर जादै गरेको बा ४ ख ७३२१ नम्वरको ट्रिपर मंगलबार पौरखेडाँडाको धारापधेरा भन्ने स्थानमा दुर्घटना हुँदा तनहुँको भिमाद बस्ने ट्रिपर चालक अन्दाजी ३० बर्षका तक बहादुर राना गम्भिर घाईते भ​एको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

बेगनासमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

घाईते रानाको पोखराको नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको र उनको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ट्रिपर सडकबाट करिब १ सय ५० मिटर तल खेतमा खसेर दुर्घटना भ​एको थियो । सोही स्थानमा २०६१ साल फाल्गुन १६ गते यात्रु बाहक बस दुर्घटना हुँदा १० जना यात्रुको ज्यान ग​एको थियो ।

बेगनासमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते
बेगनासमा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

(तस्बिरहरु हाम्रो बेगनास राम्रो बेगनासको फेसबुक पेजबाट​ साभार गरिएको हो । )

कमेन्टहरु
Loading...