रुखको हांगाले लागेर एकको मृत्यु

पोखरा, ३ चैत /रुखको हांगाले लागेर तनहुँ व्यास नगरपालिका १३ सुडेको पुल नजिकको जंगलमा एक जनाको मृत्यु भएको छ ।

रुख काट्ने क्रममा रुखको हांगाले लागेर नवलपरासी बर्दघाट महलवारीका २६ बर्षिय माधव महतोको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसान्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...