Ganthan News Pokhara
All news from Pokhara & around

सहचालकले ट्रक हाक्दा पोखराको फिर्के पुलबाट खोलामा खस्यो

0

पोखरा, २५ जेठ /पोखराको फिर्के पुलमा बेला बेलामा मोटरसाइकलहरु दुर्घटना हुदै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल ।

त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार विहानै ३ बजे ट्रक दुर्घटना भएको हो । विन्ध्यवासिनी तर्फबाट जिरोतिर गईरहेको ग १ क ४४७३ नं. को ट्रकमा दुई जना थिए ।

दुर्घटनामा तनहुँ घर भएका २० वर्षीय सुवास गुरुङ घाईते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउकोमा चोट र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक उनले नै चलाएका थिए । चालक ३६ वर्षीय सोनम गुरुङ सामान्य छन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु