पर्यटक बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

चितवन, ३ माघ / चितवनको रामनगरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान करिब ११ बजे काठमाडौं जादै गरेको बा१च ७८३ नम्बरको पर्यटक बसले सोही दिशातर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि बसमा सवार २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २० यात्रु घाइते भएका छन् । मृतकको परिचय खुल्न सकेको छैन ।

घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...