ट्रिपरले ठक्कर दिदाँ पोखरामा २ को मृत्यु

पोखरा, २१ चैत /पोखरा बागलुङ राजमार्गअन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपरले ठक्कर दिदाँ स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ ।

हेमजाबाट पोखराका आउदै गरेको ग१क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट हेम्जा जादै गरेको ग१३प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईको मृृत्यु भएको हो । घाइते भएका हेमजाका १८ बर्षिय रोशन केसी र २२ बर्षिय शंकर कुँवरको उपचारक्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केसीको गण्डकी अस्पतालमा र कुँवरको फिस्टेल अस्पतालमा उपचारक्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ट्रिपर र पोखरा २० बस्ने चालक अर्जुन भुजेल प्रहरी नियन्त्रणमा छन् ।

कमेन्टहरु
Loading...