कास्कीमा बाघको छाला र बन्दुक सहित २ जना पक्राउ

पोखरा, ६ चैत /कास्कीको माछापुच्छे गाउँपालिका २ च्याङलुङबाट कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छे गाउपालिका २ च्याङलुङ का ४० बर्षिय गम बहादुर गुरुङ र ३१ बर्षिय चन्द्र बहादुर पौडेल रहेका छन् ।

कास्की प्रहरीलाई आएको गोप्य सुचनाका आधारमा प्रहरी टोली र अन्नपुर्ण संरक्षण क्षेत्र एक्यापको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले गम बहादुर गुरुङ घरमा खानतलासि गर्दा एक थान चितुवाको छाला, एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा र खाली खोका २७ थान सहित पक्राउ गरको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए ।

पहिल उनीहरुलाई अन्नपुर्ण संरक्षण क्षेत्रले कार्वाही गर्ने र त्यस पछि जिल्ला प्रहरी कार्यालयले बन्यजन्तु अंग तस्करी तथा हतियार तस्करीमा मुद्धा चलाउने सिंहले बताए । प्रहरीले अनुसन्धान तथा सोधपुछ गर्दा चन्द्र बहादुर पौडेलले चितुवा मारी त्यसको छाला गम बहादुर गुरुङ राख्न दिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...