तनहूँमा दुर्घटना हुँदा पोखराका खत्रीको मृत्यु

पोखरा, ९ फागुन /तनहूँबाट पोखरा आउदै गरेको बस बेलचौतारामा पल्टिँदा एकजनाको मृत्यु भएको छ । बस नालीमा पल्टिँदा पोखरा लेखनाथ महानगरपालिका भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोलोखुम्बु घर भई तनहूँ बस्ने २५ बर्षिय नितु मगर घाईते छिन् ।

उनको क्षेत्रीय अस्पताल पोखरामै उपचार भैरहेको छ । ग १ ख १९८० नम्बरको बस जिल्ला प्रहरी कार्यालय तनहूँको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...