तनहुँमा बिहे भोजमा युवाहरु बिच कुटाकुट

पोखरा, २३ माघ/ तनहुँको घिरिङ गाँउपालिका ३ डाँडाथोकमा बिहे भोजमा भिमाद र घिरिङका युवाहरु बिच झगडा हुँदा कुटाकुट भएको छ ।

चार जना घाईते भई उपचारको लागि पोखरा ल्याएको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव निरिक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।

घटनामा संलग्न तिन जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएको छ पक्राउ पर्नेमा घिरिङ गाँउपालिका ३ का १७ बर्षिय सुजन आले, १९ बर्षिय मनोज राना र २८ बर्षिय सन्त बहादुर थापा रहेका छन् ।

कमेन्टहरु
Loading...