वालिङबाट पोखरा आउदै गरेको हाईस र मोटरसाईकल ठोकिए

पोखरा, १० वैशाख /स्यङ्जाको पुतलिबजार नगरपालिका ११ शंखरपुर स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल र हाईस ठोकिदा दुई जना घाईते भएका छन् ।

वालिङबाट पोखरा आउदै गरेको बा ४ क १०८१ नम्बरको हाईस र पोखराबाट बुटवल तर्फ जादै गरेको ग१३प ८५४४ नम्बरको मोटरसाईकल ठोक्दिा मोटरसाईकल सवार दुई जना घाइते भएको हुन् ।

घाइते हुनेमा पर्वतको फलेबास नगरपालिका १ का २५ बर्षिय राजकुमार सुनार र मोटरसाइकल पछाडि सवार २६ बर्षिय ईश्वर सुनार घाईते भए हुन् ।

घाईतेलाई उपचारको लागि पोखरा ल्याएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबै सवारी साधन र हाईस चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...