पोखराका युवा पत्रकार सुरेशराज अधिकारीमाथी हातपात

कृष्ण आचार्य​, पोखरा, २९ असोज /पोखराका युवा पत्रकार सुरेशराज अधिकारी माथी हातपात भ​एको छ । समाचार संकलनको क्रममा आईतबार पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका माछापुच्छ्रे एफ एम र समाधान दैनिकमा कार्यरत पत्रकार अधिकारी माथी पोखरा लेखनाथ २८ का बिकाश गुरुङले अपशब्द प्रयोग गर्दै हातपात गरेका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पोखरा लेखनाथ १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिदै गरेको समाचार सकलनका लागि पुगेका पत्रकार अधिकारीमाथी हातपात भ​एको हो । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर हटाएपछि भिड आक्रोशित बनेको थियो ।पीडितहरु प्रशासनको सहयोगमा विगत ४० बर्षदेखि मजुवाको सार्वजनिक जग्गामा बस्दै आएका थिए ।

सोही बिषयमा पत्रकार अधिकारीले शनिवार लेखेको समाचार पोखराको माछापुच्छ्रे एफ​एम बाट प्रशारण भ​एको थियो भने समाधान दैनिक पत्रिकामा प्रकाशित भ​एको थियो ।त्यही समाचारको बिषयलाई लिएर पत्रकार अधिकारीमाथी गुरुङले हातपात गरेका प्रत्यक्षदर्शी पत्रकारहरुले बताएका छन् । पोखरा लेखनाथ १५ मा निर्वाचित जनप्रतिनिधीले सूचना जारी गरेर अवैध रुपमा घरटहरा बनाएर बसेको भन्दै पीडितहरुको घर भत्काएका थिए ।त्यसपछि आक्रोशित बनेका पीडितहरु महानगरमा नाराबाजी सहित उपस्थित भएका हुन् । पीडितलाई सुकुम्बासी भनेको भन्दै पत्रकार अधिकारीमाथी कुटपिट भएको हो ।

यसैबीच, पत्रकार अधिकारीमाथि भएको कुटपिटको नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकारमाथी भएको घटना निन्दनिय भएको भन्दै दोषीमाथी कारबाहीको माग गरिएको छ । आक्रमणकारी गुरुङले अन्य क्रियाशिल पत्रकारको समेत नाम लिई ज्यान मार्ने धम्की दिएकोले यो सिंगो पत्रकारिता क्षेत्र माथिको आकमर्णको रुपमा लिएको महासंघले निकालेको विज्ञप्तीमा उल्लेख छ । यस्तै माछापुच्छ्रे एफ​एमले पनि समाचार संकलनको क्रममा आफ्ना सहकर्मी पत्रकार अधिकारी माथी आक्रमण भ​एको भन्दै आपत्ति जनाएको छ । एफ​एमले घटनाको घोर निन्दा र भत्सना गर्दै दोषीमाथी कडा कार्वाहीको माग गरेको छ ।

यसैगरी कास्कीका क्रियाशील पत्रकार सहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहलाई नै भेटेर दोषीलाई तुरुन्त पक्रेर कारबाही गर्न आग्रह गरेको छ । एसपी सिंहले पक्रेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार अधिकारीले आफूमाथि कुटपिट गर्ने विकास विरुद्धकिटानी जाहेरी दिएका छन् । पत्रकार अधिकरी माथी हातपात गर्ने गुरुङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर २८ का वडा अध्यक्षका प्रत्यासी रहेका थिए ।उनी एमालेका निर्मल दियालीसँग पराजित भएका थिए । पत्रकार अधिकरी माथी हातपात गर्ने गुरुङ त्यहाँका पीडित पनि नरहेको र वडाबासी पनि नरहेको बताईएको छ ।

कमेन्टहरु
Loading...