Ganthan News Pokhara
All news from Pokhara & around

ट्रकको ठक्करले १९ बर्षिया युवतीको मृत्यु

0

कैलाली, १८ बैशाख /कैलालीको लम्कीचुहा नगरपालिका १ पूर्व लम्कीस्थित सडकमा ट्रकको ठक्कर दिदा एक साईकल यात्रुको मृत्यु भएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका १ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी अखिल क्रान्तिकारीकी विद्यार्थी नेता हुन् । दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा नेपाल प्रहरीतर्फ ७ र सशस्त्र प्रहरी बलतर्फ ५ जना गरी १२ जना प्रहरी कर्मचारी र एक जना स्थानीयबासी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु