सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते छन ।सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौं तर्फ जाँदै गरेको गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दूर्घटनामा परेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । यस्तै उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइतेको पहिचान खुल्न सकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडक बाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । कच्ची सडक र क्षमता भन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ। दूर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...