Ganthan News Pokhara
All news from Pokhara & around

स्कुटर दुर्घटनामा पोखराका संगीतकर्मीको निधन

0

पोखरा, २८ चैत /पोखरामा बसेर संगीत कर्ममा सक्रिय श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधबार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा राईको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

५० बर्षिय राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर नहरमा खस्दा उनको मृत्यु भएको हो ।

नहरमा खसेका उनकालाई पानीको भेल ठूलो भएकाले बगाएको प्रहरीको भनाई छ । साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टा पछि साढे १० बजे दुई कुलाको मुहानमा भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमति भने सकुशल छिन् ।

उनी लामो समय देखी पोखरामा तराना म्युजिक सेन्टर संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरी संगीत कर्ममा सक्रिय थिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु