पोखरामा १० बर्षिया बालिकाको बलत्कार पछि हत्या

पोखरा, ९ असोज /मंगलबार बिहान मृत भेटिएकी पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी श्रेया विकको

बलत्कार पछि हत्या भएको पोष्टमार्टम रिपोटले देखाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मंगलबार

भएको परिक्षणमा बलत्कार पछि हत्या भएको देखिएको हो ।

पोष्टमार्टमा श्रेयाको योनी सुनिएको, योनीबाट रगत आएको, घाउकोमा चोट देखिएको जानकारी पोष्टमार्टमा

संग्लन चिकित्सकहरुले बताएको श्रेयाका मामा कृष्ण सुनारले जानकारी दिए ।

‘ढुंगाले टाउको छात्ति सबैतिर हानेको देखिन्छ । नजिकै रगताम्य भएको ढुंगा थियो, श्रेयाका मामा कृष्ण

सुनारले भने – ‘पोष्टमार्टम रिपोर्टमा पनि टाउ र शरिरका ठाउँ ठाउँमा चोट देखिएको बताए ।’ थप परिक्षण

भईरहको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ

१० बर्षिया बालिका सोमबार साँझ मिठाई किन्न पसल गएकी थिईन् । घर नफर्किएपछि परिवारले खोजी गरे ।

तर भेटेनन् । श्रेयाको मंगलबार विहान घर नजिकै को खोल्सोमा शव भेटिएको थियो । उनका बाबु दुई वर्ष पहिले

नै अर्कि आमा लिएर अन्यत्रै छन् । श्रेयाकी आमा दिदि सहित मामा घर बस्दै आएका थिए । उनी लिला

आधारभुत स्कुलमा कक्षा तीनमा पढ्दै आएकी थिइन् ।

कमेन्टहरु
Loading...