फिल्म निर्देशक शिब रेग्मीको निधन

shiva regmiकाठमाण्डौ, २४ मंसिर । बरिष्ठ फिल्म निर्देशक शिब रेग्मीको निधन भएको छ । दुबै किड्नीले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचारार्थ रेग्मीको आज बिहान पौने छ बजे निधन भएको हो । परिवार निकट मानिने फिल्म निर्देशक राजेन्द्र उप्रेतीले  दिएको जानकारी अनुसार निर्देशक रेग्मीको शवलाई अहिले बिहान नौ बजेसम्म बयोधा अस्पतालमा राखिनेछ ।

त्यसपश्चात निर्देशक रेग्मीको शवलाई गृहनगर चितवन लगिने बताईएको छ । अहिले अस्पताल परिसरमा फिल्मकर्मीको भिड लाग्न शुरू गरेको निर्देशक उप्रेतीले जानकारी दिए ।

बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखन यात्रा थाले पनि आफन्त फिल्म उनको पहिलो निर्देशकिय फिल्म हो ।

नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दुस्ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको पराई, मनले मनलाई छुन्छु नामक दुई फिल्म रिलिजको क्रममा छन् ।

कमेन्टहरु
Loading...