Ganthan News Pokhara
All news from Pokhara & around

तनहुँमा सवारी दुर्घटना

0

पोखरा, २४ भदौ / तनहुँको आबुखैरेनि गाँउपालिका २ मार्किचोक पृथ्वी राजमार्गमा स्कुटर दुर्घटनामा परेको छ ।

आबुखैरेनिबाट डुम्रेतर्फ जाँदै गरेको ग १५ प ३३१३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टदा स्कुटर चालक

आबुखैरेनि गाँउपालिका १ सत्रसय बस्ने २६ बर्षिय सरोज कारखेती घाईते भएका छन् । उनको तनहुँको

अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिएमसि अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको

छ । पछाडी सवार बर्दियाको खजुरा ६ को वर्ष २२ को सुवास पौडेलको छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको

प्रहरीले जानकारी दिएको छ ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...