श्रीमान्ले गैचिले प्रहार गर्दा पोखरमा श्रीमतीको मृत्यु

पोखरा, १४ साउन /पोखरा महानगरपालिकाको लेखनाथ तालचोक नजिकै हाउजिङमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

पोखरा २७ का ६३ बर्षिय कमल कुमालले गैचिले श्रीमती ५५ बर्षिय सुन्तली कुमाललाई प्रहार गर्दा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्र गुरुङले जानकारी दिए ।

सोमबार करिब २ बजे रक्सि मातेर झगडा गर्दा श्रीमतीलाई गैचिले प्रहार गरेका थिए । प्रहारबाट घाइते भएकी सुन्तलीको सामुदायीक अस्पताल शिसुवामा उपचारका क्रममा करिब साढे २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमललाई प्रहरीले नियन्त्रणमा लिएको गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...