कास्कीको रुपा गाँउपालिकामा पिकअप भेन दुर्घटना

पोखरा, २३ जेठ/कास्की रुपा गाँउपालिका वडा नम्बर ६ बराहथोक स्थित ग १ च २४७३ नम्बरको पिकअप भेन व्याक गर्ने क्रममा सडकबाट सय मिटर तल खस्दा दुर्घटना भएको छ ।

दुर्घटनामा परी पिकअप भेनमा सवार कैलाली किम्लाखाली गाँउपालिका वडा नम्बर ६ का १८ बर्षिय खड्क बहादुर सिंजापती मगर र १९ बर्षिय राकेश चौधरी घाईते भई भएका छन् ।

उनीहरुको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भईरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...