कास्कीमा महिलाको ह*त्या गरेर ६ वटा सिरकले छोपेर छाड्ने पक्राउ

पोखरा, १३ पुस / कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा वृद्धा महिलाको हत्याको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्की रिभानकी ६६ बर्षीया चिजा कुमारी विकको हत्या आरोपमा म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेम्जामा बस्दै आएका ३९ बर्षीय खिमबहादुर श्रीपालीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । विकको पुस ६ गते राती हत्या भएको थियो ।

हत्या गरि भागेर तनहुँको व्यास नगरपालिका वडा नम्बर २ मा पुगेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । वृद्धा महिलाको गरगहना चोरेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँ पुगेर हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

चिजाको घरमा पुगेर रक्सी खाएर राति नै हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । श्रीपालीले चिजाको हत्या पश्चात शवलाई ६ वटा शिरक र कम्मलले छोपेर बाहिरबाट ढोकामा साँचो लगाएर फरार भएको उनले बताए । चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत रहेको एसपी कार्कीले बताए ।

ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर मृत्यु भएको उनको भनाई छ । श्रीपालीको साथबाट हालसम्म डेढ तोला सुन मात्र बरामत भएको प्रहरीले जनाएको छ । श्रीपालीले बिक्रि गरेको सुन पसलका संचालकलाई अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको एसपी कार्कीले बताए । श्रीपाली ठाउँ ठाउँ पिच्छे विवाह गर्दै समेत हिड्ने गरेको प्रहरीको भनाई छ । उनले पछिल्लो ५ औ विवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Posted by Ganthan.com on Sunday, December 29, 2019

कमेन्टहरु
Loading...