विभत्स अवस्थामा फेला परिन् रिना

विराटनगर, ८ बैशाख/मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा शनिबार महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव उनकै पसल अगाडी विभत्स अवस्थामा भेटिएको हो ।

शुक्रबार राती छोरा सहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीको भनाई छ ।

घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ । रिनाका श्रीमान बैदेशिक रोजगारीमा छन् ।

कमेन्टहरु
Loading...