क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

एजेन्सी सहयोगमा
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि सय जनाभन्दा बढी मानिसको मृत्यु भएको विविसिले जनाएको छ।

तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन्। बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या आए पछि विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो। मृत्यु हुनेमध्ये ६ जना चालक दलका सदस्य रहेका छन्।

कमेन्टहरु
Loading...