विमान दुर्घटनामा लमजुङकी पुर्णिमा लोहोनीको पनि निधन

लमजुङ, १ चैत /सोमबार त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भएको जहाज दुर्घटनामा परेर लमजुङकी पूर्णिमा लोहनीको ज्यान गएको छ । लमजुङको बेसीसहर नगरपालिका १ उदीपुरस्थित ठुलो धिमिरेकी लोहनीको मृत्य भएको हो ।

उनको मृत्यु भएपछि लोहनीको परिवारजनसँगै छरछिमेक, आफन्तजन, साथीसंगीले फेसबुक र उनकै घरमा पुगेर श्रद्धाञ्जली दिएका छन् । भोटेओडारकी सिन्धु ढकालले फेसबुकमा ज्यादै भावुक अभिव्यक्ति कवितामा लेखेकी छन् ।

केही गर्छु भन्थे, आमा ढलिजानु प¥यो मलाई
जहाज चढी आएँ आमा जलिजानु प¥यो मलाई
दूधको भारा ऋण तिरी तिम्रो मुहार हँसाएर
बस्ने चाह थियो आमा चलिजानु प¥यो मलाई ।

यस्तै दुःखद भावना भरिएका पोष्ट फेसबुकमा उनका आफ्न्तहरुले पोष्ट गरेका छन् । बंगलादेशमा ५ बर्षे डाक्टर कोर्सको अन्तिम परीक्षा दिएर नेपाल फर्किएकी लोहनी जहाज दुर्घटनामा परेर ज्यान गएको थियो । उनले जनकल्याण माविबाट एसएलसी पास गरेकी थिइन् ।

कमेन्टहरु
Loading...