पोखराका दुई ठाउँमा दुर्घटना

पोखरा, ५ भदौ / पोखरामा मगलबार बिहान भएका दुई दुर्घटनामा परि दुई जना घाइते भएका छन् । पोखरा

महानगरपालिका ५ जिरोमा ग १४ प ८९३५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएको छ । पोखरा

महानगरपलिका ९ पृथ्वीचोक बसपार्क बस्ने २४ बर्षका सोम बहादुर परियारलाई ठक्कर दिंदा घाईते भएको हुन् ।

उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ । स्कुटर र चालक प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ

त्यसै गरी पोखरा महानगरपालिका ७ शान्तिनगर चोकमा नम्बर नखुलेको मोटरसाईकलले ग ४ प ७५१३ नम्बरको

स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार एक जना घाइते भएकी छन् । स्कुटरको पछाडी सवार वर्ष २० कि

लक्ष्मि बिक घाईते भएकी हुन् । उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ । ठक्कर दिने मोटरसाईकल

र चालकको खोजी भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...