पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

पोखरा, ९ चैत / पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ ।

ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ सडकबाट करिब एकसय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । १२ जनाको उद्धार भएको प्रहरीको भनाई छ । थप विवरण आउन बाकी छ ।

कमेन्टहरु
Loading...