पोखरा तालचोकमा स्कुटरको ठक्करले पैदल यात्रु गम्भीर

पोखरा, १४ कात्तिक / पोखरा २७ तालचोकमा स्कुटरको ठक्करले पैदल यात्रु गम्भीर घाइते भएका छन् ।

बुधबार महानगरपालिका २७ तालचोक स्थितमा पोखराबाट भण्डारढिक तर्फ जाँदै गरेको ग १२ प ८७५० नं को स्कुटिले पैदलयात्री नाम, थर, वतन नखुलेको अन्दाजी ४० बर्षिय व्यक्ती घाइते भएका छन् ।

घाईते मणिपाल शिक्षण अस्पताल उपचार भईरहेको छ । उनको अवस्था सिरियस रहेको प्रहरीले जानकारी दिएको छ ।

स्कुटर चालक पोखरा महानगरपालिका २७ तालचोक बस्ने वर्ष २० कि मिरा तिलिजा समेत घाइते उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भएको छ ।

कमेन्टहरु
Loading...