पोखरामा ट्याक्टर र स्कुटर ठोकिदा ३ जना घाईते

पोखरा, ७ जेठ /पोखरा लेखनाथ महानगरपालिका ६ हल्लनचोकमा ट्याक्टर र स्कुटर ठोकिदा ३ जना घाइते भएका छन् ।

ग१त४१९८ नम्बरको को ट्याक्टरले ग९प ५७१५ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटरमा सवार ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा धादिङको बेनिघाट बस्ने वर्ष २१ को रञ्जन कडेल, चितवन माडी बस्ने वर्ष १२ को निश्चल आलेमगर र म्याग्दी बेनी ४ बस्ने वर्ष ६ को एन्जल पुन रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भएको छ ।

कमेन्टहरु
Loading...